नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान गर्ने

समाचार

9/5/2019

काठमाडौं, १९ भाद्र । वीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान सुरु गर्ने भएको छ । भदौ २४ बाट अभियान सुरु गर्न लागिएको कांग्रेसले जनाएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा वृक्षारोपण गरेर अभियानको उद्घाटन गरिनेछ । जागरण अभियानको अन्तिम दिन ७ असोजमा जिल्लास्तरीय विरोध प्रदर्शन हुनेछ । प्रदर्शनलाई बढ्दो महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या अलोकतान्त्रिक विधेयकविरुद्ध केन्द्रित गरिनेछ कांग्रेसले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ