नेपाली मुसहर कलाकारहरुद्वारा भारतको बोधगयामा कला प्रस्तुति

समाचार

8/25/2019

काठमाडौं, ८ भाद्र । भारतको पावन धर्ती बोधगयामा पर्वत पुरुष बाबा दशरथ माझीको पुण्यतिथिको अवसरमा आयोजित १२औ महासमाधी दिवस समारोहका प्रमुख अतिथि विहारको पूर्व मुख्यमन्त्री जितनराम माझीको अगाडी नेपालको पहिलो मुसहर कलाकारहरुले साँस्कृतिक कला प्रस्तुत गरे ।

तराईको क्षेत्र लगायत मुसहर समुदायमा अति नै चर्चित नेपाल क्रषिवंशी जनकल्याण संघका नविन ऋषिदेव, सुदेशी, विरु, पार्वती, फुलवती, निरजला, नितु, साजन लगायत पे्रम जी, सोफिया, विसेश्वरको कलाकारहरुद्वारा पर्वत पुरुष दशरथ माझी तथा नेपालको भूमिमा जन्मेको मुसहर समुदायको कुलदेवता दिनाभद्रीसँग सम्बन्धि गीत, नृत्य, प्रस्तुत गर्नुको साथै विद्यमान सामाजिक कुरुति मदिरा सेवन, छुवाछुत विरुद्ध नाटक प्रस्तुत गरेका थिए ।

दशरथ माझी भारतको गया जिल्लाको गैहलौरमा १४ जनवरी १९२९ मा जन्मेको थियो । एक दिन पहाड पारी काम गर्न गएकोले उनको श्रीमती फाल्गुनी माझीले खाना लिएर पहाड चढ्दा पहाडबाटै लडनुभो र उपचारका लागि ८० किलोमिटर घुमेर वजीरगंज अस्पतालमा पुग्दा उनको श्रीमतीको मृत्यु भएको थियो ।

त्यो दिनदेखि नै दशरथ माझीले महासंकल्प गरी अरु कोही नमरोस् र हजारौं लाखौं व्यतिmहरुलाई आवतजावत गर्न सजिलो होस् भनी अधियाको बाख्रा बेची छेनी हथौडी खरिद गरी एक्लै २२ वर्षमा ३६० फिट लामो, २५ फिट गहिरो, ३० चौडा पहाडलाई तोडी बाटो बनाएका थिए ।

त्यहीं भएर आज सारजहाँको प्रेमको निशानी ताजमहल भन्दा पनि ठूलो निशानी दशरथ पथ दिएर जानुभयो जुन आज प्रेम पथको नामले विश्वभरी चिनिदैछ ।

त्यहीं भएर उनको परिश्रम, साहस, संकल्प, त्याग, अठोट, सोच परिवर्तन गर्ने कर्मलाई संसारभरि चिनाउन प्रत्येक वर्ष पर्वत पुरुष बाबा दशरथ माझी युवा सेवा समितिद्वारा उनको पुण्यतिथि मनाउने गरिएको छ ।

जसमा नेपाल र भारतको झारखण्ड, उडिसा, बंगाल तथा बिहारको दलित अधिकारकर्मी, समाजसेवी, विभिन्न दलका सांसदहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ