नेपाल र भारतका प्रधानमन्त्रीबीच भिडियो कन्फरेन्स हुने

समाचार

9/4/2019

काठमाडौं, १८ भाद्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सहयोगमा भइरहेका पुनर्निर्माण कार्यको जानकारी लिने भएका छन् ।

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री मोदीले भिडियो कन्फरेन्समार्फत गोरखा र नुवाकोटको पुनर्निर्माण कार्यको जानकारी लिने बताए ।

भदौ २४ मा दुई देशका प्रधानमन्त्रीबीच प्रत्यक्ष भिडियो कुराकानीको तयारी भइरहेको छ । त्यही क्रममा उनले गोरखा र नुवाकोटमा भइरहेको पुनर्निर्माण कार्यको जानकारी लिन लागेका हुन् ।

भारत सरकारद्वारा गोरखा र नुवाकोटमा भूकम्पले क्षति पुगेका ५० हजार घरधुरी पुनर्निर्माणका लागि ६ अर्ब ९५ करोड रुपैयाँ सहयोगमा गरेको छ।

भारतीय दूतावासका अनुसार हालसम्म ४० हजार घर पुनर्निर्माण भइसकेका छन् । पुनर्निर्माण कार्य ८५ प्रतिशत सकिएको बताइएको छ ।

‘मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्ने कार्यक्रम रहेकाले त्यो समयमा सम्भव भएसम्म गोरखा र नुवाकोटको काम देखाइनेछ’, राजदूतका प्रवक्ता अभिषेक दुवेले भने ।

पुनर्निर्माणसम्बन्धी कामका केही झलक भिडियोमार्फत प्रधानमन्त्रीलई देखाउन लागिएको हो । भिडियो कन्फरेन्सको भारतको दुरदर्शन र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ