भारतको चण्डीगढ विश्वविद्यालयले नेपाली विद्यार्थीसँग परामर्श गर्ने

समाचार

8/27/2019

काठमाडौं, १० भाद्र । भारतको चर्चित चण्डीगढ विश्वविद्यालयले नेपाली विद्यार्थीलाई लक्षित गरी ४ दिने शैक्षिक परामर्श अभियान गर्ने भएको छ । विश्व विद्यालयको नेपालमा रहेको भर्ना केन्द्र काठमाडौंको एआईपी एडुसकेशनमा हुने अभियान आगामी भदौ १० देखि १३ गतेसम्म चल्नेछ ।

अभियानअन्तर्गगत प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म विश्वविद्यालयले दिने छात्रवृत्ति, विद्यार्थी जीवन, रोजगारीको अवसर, पूर्व विद्यार्थी मञ्चलगायतका विषयमा जानकारी उपलब्ध गराइनेछ । चण्डीगढ विश्वविद्यालयमा ५ सयभन्दा बढी नेपाली विद्यार्थीले अध्ययन गरिसकेका छन् । विश्व विद्यालयस्तरीय शिक्षा र असंख्य राजगारीका अवसरका लागि चण्डीगढ विश्वविद्यालय परिचित छ । विश्वविद्यालयले नेपालको त्रिभुवन विश्वविद्यालयसँग पनि सहकार्य गरेको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ