विराटनगर, ११ भाद्र । प्रदेश १ को सरकारले पनि आफ्नै कर्मचारी भर्नाका लागि प्रदेश लोकसेवा विधेयक पारित गरेको छ ।
प्रदेश १ को मंगलबार बसेको प्रदेशसभा बैठकबाट लोक सेवा विधेयक पारित भएको हो । प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई मंगलबार बसेको बैठकले सर्वसम्मतले परित गरेको हो ।
प्रतिवेदनसहितको विधेयकमाथि समाजबादी पार्टीका प्रदेश संसदीय दलका नेता जयराम यादव र अर्का सांसद बिष्णु तुम्बाहाफेले सहमति जनाएका थिए । तीन सदस्य लोकसेवा आयोग गठनलाई पूर्ण समानुपातिक र समावेशीको आधारमा पाँच सदस्य आयोग बनाएर पूर्णता दिनुपर्ने बताएका थिए ।
तपाईको प्रतिक्रिया