काठमाडौं, १८ भाद्र । समाजवादी पार्टीको प्रदेश २ का प्रदेश सभामा संसीदय दलका उपनेता रहेका सांसद राम आशीष यादवले भारतको पटनामा वृक्षारोपण गरेका छन् ।
विहारको लोक स्वास्थ्य अभियन्त्रण मन्त्री विनोद नारायण झासंगै सांसद यादवले संयुक्त रुपले वृक्षारोपण गरेका छन् । सफाई र वृक्षरोपण अभियानसंग आवद्ध सांसद यादवलाई सो अवसरमा पाग लगाएर सम्मान पनि गरिएको छ ।
सो अवसरमा दुवै नेताले नेपाल भारत सम्बन्धको विषयमा चर्चा गरेका थिए । सांसद यादवले विवाहपञ्चमीको बेला अयोध्यावाट बिहार भएरै जन्ती आउने भएकाले त्यसलाई बिहारमा पनि भव्य स्वागत गर्न आग्रह गरेका थिए ।
मन्त्री झाले नेपाल भारतबीच बेटी रोटीको सम्बन्ध रहेको उल्लेख गरे । समारोहमा विहारको लोक स्वास्थ्य अभियन्त्रण मन्त्रालयका अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया