प्रवेश परीक्षा पुनः लिन राष्ट्रिय विद्यार्थी संघको मांग

समाचार

8/31/2019

जनकपुरधाम, १३ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघका अगुवा नेता तथा कार्यकर्ताहरु सीटीईभीटीको प्रवेश परीक्षा पुन लिन माग गरेका छन् ।

शुक्रबार सीटीइभीटी प्रदेश नम्बर २ को कार्यालय जनकपुरधामको प्रमुख नागेन्द्र साहलाई ज्ञापन पत्र बुझाउँदै सम्बन्धित निकायसँग माग गरेको छ ।

केही दिन पहिला तराई÷मधेशको भागहरुमा आएको अविरल वर्षा र त्यसपछि आएको विपतिले कतिपय विद्यार्थीहरुले समयमा प्रवेश परीक्षा दिनबाट बन्चित भएकोले विद्यार्थीहरुको भविष्यलाई लिएर पुनः प्रवेश परीक्षा लिनुपर्ने जोडदार माग गरेको राष्ट्रिय विद्यार्थी संघका महासचिव रंजित निस्पक्षले जानकारी दिए ।

प्राविधिक शिक्षामा दक्ष भई सुन्दर प्रदेश तथा समृद्ध नेपाल बनाउन ठूलो भूमिका खेल्न सक्ने भएकोले विगतको वर्षझै यसपाली पनि पुनः परीक्षा संचालन गराई होनहार युवा, विद्यार्थीहरुलाई प्राविधिक शिक्षाको मूल धारमा आउन प्रेरित गरि सुन्दर नेपाल निर्माणमा सम्बन्धित निकायले ध्यानदिनु पर्ने रा.बि.संघका सचिव रोशन मिश्र र रा.रा.ब इकाई कमिटि अध्यक्ष दिनेश यादव दुवारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ