रौतहटमा तनाव, प्रहरीद्वारा १० राउण्ड हवाई फायर

समाचार

9/12/2019

राकेश यादव, रौतहट, २६ भाद्र । रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ६ कुडियामा तनाव भएको छ । स्थिति नियन्त्रण गर्न प्रहरीले आश्रु ग्यास तथा हवाई फायर गरेको छ । हिन्दूहरुले छठ घाटमा छठ पूजा गर्नलाई बनाएको श्रीसाप्ता मुस्लिम समुदायले तोड्न लाग्दा भएको झडपमा प्रहरीले १० राउण्डभन्दा बढी आसुसेल तथा हवाई फायर गरेको छ ।

एक वर्ष पहिला हिन्दू समुदायका व्यक्तिहरुले छठ घटमा निर्माण गरेका श्रीसाप्तालाई समूहमा गएका मुस्लिम समुदायका व्यक्तिहरुले तोड्न थालेपछि रोक्न गएका प्रहरी कार्यालयका टोली माथि प्रहार गर्न लाग्दा प्रहरी र मुस्लिम समुदायबीच झडप भएको हो ।

हिन्दू समुदायका कोही नभएका बेला उनीहरुले यस्तो कार्य गर्न लागेकोमा प्रहरीले सामुदायिक सदभाव खलबलिने कार्य नगर्न आग्रह गर्दा पनि नमाने पछि बाध्य भएर हवाई फायर गर्नु परेको इलाका प्रहरी कार्यालय राजपुर फरहदवा प्रहरी नायव निरीक्षक परमानन्द यादवले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ