बसको ठक्करबाट एक जनाको मृत्यु

समाचार

8/21/2019

नवलपरासी (पूर्व), ३ भाद्र । मध्यबिन्दु नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्ग सडक खण्डमा ना.५ ख ४८६ नम्बरको बसको ठक्करबाट मंगलबार बिहान साइकलयात्री भारत मोतिहारी बलुवा घर भई मध्यबिन्दु नगरपालिका-७ चोरमारा बस्ने ३६ वर्षीय मोहम्मद सहवीरको मृत्यु भएको छ ।

उक्त बसले ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री सहवीरको मध्यबिन्दु अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै उक्त बसले ना.४५ प २१०७ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका(७ बस्ने ४८ वर्षीय भानुभक्त पंगेनीको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ