भूमि व्यवस्थालाई प्रविधिमैत्री बनाउन सुरु गरियो : प्रधानमन्त्री ओली

समाचार

6/19/2019

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु गरिएको बताएका छन् ।

कलंकीमा बुधबार नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विकास र सेवाका प्रयासमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताएका छन् ।

“अब मालापोतमा मात्र होइन शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले अबको दुई वर्ष भित्रमा देशका सबै मालपोत कार्यालयका ढड्डाहरु, पुराना लिखतहरु डिजिटलाइज्ड भइसक्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने, उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुने बताएका छन् ।

“नेपाललाई आधुनिक दिशातर्फ अघि बढाउनका लागि प्रविधिको ठूलो भूमिका छ” प्रधानमन्त्री ओलीले भने, “हाम्रो नयाँ राष्ट्रिय गन्तव्य समृद्ध नेपाल, सुखी नेपालीको प्राप्तिका लागि प्रविधिमैत्री भएर काम गर्नुपर्दछ ।”

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ