काठमाडौं, १५ भाद्र । भारतको डिफेन्स कलेजको ५९ औं कोर्षका एक प्रतिनिधिमण्डल यतिवेला नेपाल भ्रमणमा छ ।
१५ जना उच्च सरकारी तथा गैर सरकारी उच्च अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डलले नेपालमा रहँदा परराष्ट्रमन्त्रीसहित उच्च अधिकारीहरुसँग शिष्टाचार भेट गरेको छ ।
भारतीय सेनाका भाइस एड्मिरल श्रीकान्तको नेतृत्वमा रहेको टोलीले नेपाली सेनाका प्रमुख जनरल पूर्णचन्द्र थापासँग भेटमा आपसी चासोको विषयमा छलफल गरेको हो ।
काठमाडौंस्थित भारतीय दूतावासले जारी गरेको वक्तव्यमा उक्त प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, रक्षा सचिव रश्मीराज पाण्डेसँग शिष्टाचार भेट गरेको जनाइएको छ ।
तीन दिने भ्रमणको क्रममा सो प्रतिनिधि मण्डलले पोखरास्थित पश्चिम पृतना हेडक्वाटर र जोमसोमस्थित माउन्टेन वेलफेयर स्कुलको समेत भ्रमण गरेको थियो ।
तपाईको प्रतिक्रिया