प्रदेश २ का सांसदले अब मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न पाउने

समाचार

8/11/2019

जनकपुरधाम, २६ साउन । प्रदेश २ का प्रदेश सांसदले अब प्रदेशका मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न सक्ने भएका छन् । प्रदेशसभामा उठेका सवाल सम्बोधन गर्न सरकारले चासो नदेखिएपछि प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गरी यस्तो व्यवस्था कायम गरिएको हो ।

सभामुखले प्रत्येक महिनाको पहिलो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा समय त्यसका लागि निर्धारण गर्न सक्ने प्रदेशसभा कार्य सञ्चालन नियमावली (पहिलो संशोधन) २०७६ को नियम ५६ मा उल्लेख छ ।

उक्त नियमअनुसार मुख्यमन्त्रीले प्रत्येक महिनाको कम्तीमा एकपटक प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुनुपर्नेछ । मुख्यमन्त्रीको कार्यक्षेत्रभित्र रहेको मन्त्रालयसँग सम्बन्धित विषयको जवाफ सभामुखको अनुमति लिएर मुख्यमन्त्रीको अनुपस्थितिमा निजले तोकेको अर्को कुनै मन्त्रीले दिन सक्ने प्रावधान राखिएको छ ।

हरेक महिनाको पहिलो हप्ता बस्ने पहिलो बैठकको एक घण्टामा १० जना सदस्यसम्मले प्रत्यक्ष प्रश्न गर्न पाउनेछन ्। एक जना सदस्यले प्रश्न गरिसकेपछि उनको जवाफ मुख्यमन्त्रीले दिनुपर्ने र जवाफ आइसकेपछि अर्का सदस्यले प्रश्न गर्न पाउने नियम रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ