जनकपुरधाम, १६ भाद्र । मगही भाषा संरक्षण सम्बद्र्धन प्रतिष्ठान जनकपुरले मगही भाषालाई प्रदेश २ को कामकाजी भाषा बनाउन मांग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
प्रतिष्ठान सम्बद्ध युवाहरुले सोमबार मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई भेटी सो ज्ञापन पत्र बुझाएका हुन ।
उनीहरुले प्रदेश स्तरीय मगही भागा संस्कृति विकास बोर्ड गठन गर्नु पर्ने, सरकारी सूचनाहरु मगही भाषामा सम्प्रेशन गर्नु पर्ने प्रशिक्षक तयारी गर्नु पर्ने जस्ता मागहरु राखेका छन् ।
प्रतिष्ठानले प्रदेश नं. २ मा ६२ प्रतिशत जनताले मगही भाषा बोली रहेको दावी समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया