मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

समाचार

9/3/2019

रौतहट, १६ भाद्र । गौर नगरपालिका–३ बिपि चोकस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

बिआर २२ एच ०१६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार ४८ वर्षीया निरु देवी सिंहको उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ