बारा, १६ भाद्र । मालपोत कार्यालय बाराका नायब सुब्बा हरिमोहन सिंह क्षेत्री घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौँडाको टोलिले कार्यालयमा रहेर सहयोगीको भूमिकामा बिचौलियाको काम गर्ने हरिमोहन सिंह क्षेत्रीलाई सोमबार पक्राउ गरेको हो ।
अख्तियारमा मुद्दा चलिरहेको बिवादास्पद जग्गा मिलाईदिने भन्दै सेवाग्राहीसँग एक लाख रकम मागेका उनी सोमबार कार्यालय परिसरमा सोही रकम लिँदैगर्दा रंगेहात पक्राउ परेको स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया