काठाडौं, २३ असार । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना भएको छ ।
विश्वका विभिन्न राष्ट्रहरुले आफ्नो राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको सुदृढिकरणका लागि आफ्नो राष्ट्रिय आवश्यकता र महत्वलाई दृष्टिगत गरी आफ्नै विशिष्ट परिवेश र राष्ट्रिय हित अनुकूल र आफ्नै रणनीतिक संस्कारबमोजिम अध्ययन, अनुसन्धान र अध्यापन गराउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालय तथा राष्ट्रिय युद्ध महाविश्वविद्यालय जस्ता उच्च प्राज्ञिक संस्थाहरु स्थापना गर्ने गरेका छन् ।
सोही बमोजिम मित्र राष्ट्र अमेरिका, चीन, बेलायत लगायत सार्क मुलुकहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश एवं अफ्रिकी मुलुकहरुमा समेत यस प्रकारका उच्च प्राज्ञिक संस्थाहरु स्थापना भई राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा सम्बद्ध विषयहरुमा उच्च शिक्षा प्रदान हुदै आईरहेको छ ।
सोही सन्दर्भमा नेपालको राष्ट्रिय सुरक्षा र प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति तथा रणनीतिहरु निर्माण गरी सो को सहज कार्यान्वयनको सुनिश्चितता गर्न राज्यलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयार गरी सो सम्बन्धी नीति निर्माणमा सघाउ र्पुयाई कार्यान्वयन गर्ने उद्देश्यले अन्य मुलुकहरु सरह नेपालमा समेत राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने कार्यलाई अगाडि बढाउने योजना अनुरुप जंगी अड्डामा आवश्यक जनशक्तिसहित “राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय“ स्थापना भएको छ ।
नेपाल सरकारको नीति तथा कार्यक्रम तथा आर्थिक वर्ष २०७६र७७ को बजेटमा समेत राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालय स्थापना गर्ने विषय समावेश गरिएको छ ।
तपाईको प्रतिक्रिया