लुकाई छिपाई ल्याउँदै गरेको कपडासहित पक्राउ

समाचार

9/13/2019

धनुषा, २६ भाद्र । धनौजी गाउँपालिका–१ स्थित लखौरीबाट जनकपुर उपमहानगरपालिका–१ बस्ने २६ वर्षीय राजेश कापर समेत ५ जनालाई अवैध रुपमा ल्याउँदै गरेको करिब २० लाख रुपैयाँ मूल्य बराबरका विभिन्न कपडा सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ ६ वटा मोटरसाइकलमा ७ वटा पोकामा राखी अवैध रुपमा ल्याउँदै गरेको उक्त कपडा सहित २ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय औरहीबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । साथै उक्त कार्यमा संलग्न फरार एक जनाको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ