वीरगन्जका मेयरलाई ‘मच्छर’ भन्दै प्रदर्शन

समाचार

8/29/2019

वीरगन्ज, ११ भाद्र । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले व्यापक अनियमितता गरेको भन्दै विरोध प्रदर्शन गरिएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालको नगर समितिले बुधबार मेयर सरावगी र जनप्रतिनिधिविरुद्ध प्रदर्शन गरेको छ ।

मेयर विजय सरावगीले चुनाव जितेलगत्तै महानगरपालिकाबाट सेवा सुविधा नलिने घोषणा गरे पनि त्यसो नगरेको भन्दै विरोध प्रदर्शन गरिएको छ ।

विरोध ¥यालीमा लामखुट्टेको टाउकोमा मेयरको टाउको राख्ने, छाडा पशु चौपायालाई नयाँ नियुक्त गरिएका नगर प्रहरीको संज्ञा दिने जस्ता व्यंग्यात्मक चित्रसहितका पोष्टर ब्यानर प्रयोग गरिएको थियो । प्रदर्शनकारीहरुले मेयर सरावगीलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ