काठमाडौं, ९ भाद्र । समाजवादी पार्टी नेपालको जनवर्गी संगठनहरुको समायोजन प्रक्रिया टुंगिएको छ ।
डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी नेपालबीच एकीकरण भई निर्माण भएको समाजवादी पार्टीले आफ्नो भ्रातृ संगठनहरुको समायोजन टुंगो लगाएको हो ।
समाजवादी विद्यार्थी यूनियन (अध्यक्ष, रूपनारायण श्रेष्ठ र महासचिव वरूण यादव), समाजवादी युवा संघ (अध्यक्ष योगेन्द्र राय यादव र महासचिव( जितेन्द्र सिं महरा), समाजवादी महिला संघ (अध्यक्ष निर्मला यादव र महासचिव भगवती सुवेदी), नेपाल उद्योग, वाणिज्य तथ व्यवसाय महासंघ (अध्यक्ष कमला गुरूङ्ग र महासचिव लक्ष्मण गुरूङ्ग) र संघीय समाजवादी खेलकुद महासंघ (अध्यक्ष नेत्र बहादुर नेम्बांग र महासचिव भरत अधिकारी) रहेका छन् ।
तपाईको प्रतिक्रिया