सम्सीमा लागूऔषधसहित दुई जना पक्राउ

समाचार

6/19/2019

महोत्तरी, ३ असार । सम्सी गाँउपालिका ७ बाट दुई जनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका घर भएका २४ बर्षीय नितेस राउत र २१ बर्षीय निरज केसीलाई नियन्त्रित लागूऔषध नुर्फिन सिरफ ४ थान, डाईजेल्याव सिरफ ४ थान , प्रोमेथाजाईन सिरफ ४ थान र नाईट्रोसन ट्याव्लेट एक पत्ता सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सम्सी, महोत्तरीबाट खटिएको प्रहरी टोलीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ