जनकपुरधाम, १८ भदौं । जनकपुरधाम उपमाहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधाममा रहेको सिचाईको समस्यालाई सामाधान गर्नका लागि अग्रसर भएका छन् ।
सिचाईको अभावमा जिल्लामा नै किसानहरुलाई खेती गर्न समस्या भइरहेको बेला उपमाहानगरभित्रका किसानहरुलाई नगर प्रमुख लालकिशोर साहले चार पाँच दिनको भित्रमा सिचाईको भरपुर व्यवस्था गर्नका लागि कदम अगाडी बढाएका हुन् ।
नगर प्रमुख साहले सिचाईको समस्या सामाधानका लागि पहिलो चरणमा उपमहानगरपालिकाका वार्ड नं २५ लोहना,वार्ड नं १५ कुवा रामपुर,वार्ड नं २० देवपुरा रुपैठामा भरपुर सिचाईको व्यवस्था हुने गरि मुङरैल फाटक निमार्ण गर्ने भएको छ । उपमाहानगरले आफनै लगानीमा नहर निमार्ण गरेर सीचाईका लागि आवश्यक पानीको व्यवस्था गरि किसानहरुलाई फायदा पुरयाउने लक्ष्य लिइएको छ ।
यस कार्यका लागि मंगलवार देखि नै प्राविधिक टोली खटाइएको र विहिवारदेखि नहर निमार्णको काम सुचारु गरि चार पाच दिन भित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको नगर प्रमुख साहले वताए ।
तपाईको प्रतिक्रिया