संविधानलाई मधेशमा पनि स्वागत होस् : पूर्वराष्ट्रपति यादव

समाचार

8/25/2019

काठमाडौं, ७ भाद्र । नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले संविधानलाई मधेशमा पनि स्वागत हुने गरी संशोधन हुनुपर्ने बताएका छन् ।

संविधानप्रतिको असन्तुष्टि सम्बोधन गर्न राजनीतिक दलहरुलाई उनले आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

उनले मधेशको असन्तुष्टि सम्बोधन गर्न प्रमुख दलहरुलाई आग्रह गरेका छन् । उनले संविधान बनाउने क्रममा सबै समाधान होस् र मधेशमा पनि स्वागत होस् भन्ने चाहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ