विराटनगर, १२ भाद्र । प्रदेश १ मा प्रदेश स्वायत्त संस्था गठनसम्बन्धी विधेयक पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकले प्रदेश स्वायत्त संस्था गठन सम्बन्धमा बनेको विधेयक २०७६ पारित गरेको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रतिवेदनसहितको पेश गरेको उक्त विधेयक प्रदेश सभाको बैठकले सर्बसम्वत पारित गरेको हो । विधेयक पारित भएसँगै प्रदेश सरकारले प्रदेशको स्वायत्त संस्था तथा निकाय गठन गर्ने बाटो खुलेको छ ।
तपाईको प्रतिक्रिया