रामुपाका केन्द्रीय पदाधिकारीहरुद्वारा विभिन्न भाषामा शपथ ग्रहण

समाचार

काठमाडौं । पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय पदाधिकारीहरुले विभिन्न भाषामा शपथ ग्रहण गरेका छन् ।

शनिबार शान्तिनगरस्थित रामुपाको केन्द्रीय कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा अध्यक्ष महतोले केन्द्रीय पदाधिकारीहरुलाई आफूले इच्छाएको भाषामा शपथ ग्रहण गराएका हुन् ।

सो कार्यक्रममा पदाधिकारीहरुले नेपाली, मैथिली, नेवारी, हिन्दी, भोजपुरी, थारु, मगही, तामाङ, लिम्बु लगायतका भाषामा शपथ ग्रहण गरेका छन् ।

साथै, रामुपाको केन्द्रीय पदाधिकारी तथा केन्द्रीय निकायका प्रमुखहरुको बैठक पनि सुरु भएको छ ।

सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतका निर्णयहरुको कार्यान्वयनको समीक्षा, संगठन विस्तार, विचार मिल्ने पार्टी÷संगठनसँग कार्यगत एकता÷मोर्चा गर्ने, संघर्षको कार्यविधि र संघर्षको तयारी, प्रशिक्षणलगायतका विषयमा छलफल हुने महासचिव केशव झाले जानकारी दिएका छन् ।

 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ