मंसिर ५ सम्मका लागि मतदाता नामावली दर्ता गर्न सकिने

समाचार

काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि समय थप गरेको छ ।

आयोगले पाँच दिन समय बढाउँदै आगामी मङ्सिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराइले जानकारी दिए ।

आयोगले कात्तिक ३० गतेसम्म मात्र दर्ता खुला रहने निर्णय गरेकोमा मतदाता नामावली दर्ता समय थपिएको प्रवक्ता भट्टराइले बताए ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी दर्ताको अवधि थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ