सिरहा । लहान नगरपालिका–१ ट्राफिक चोकबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ४ किलो ४ सय ५० ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा संखुवासभा धर्मदेवी नगरपालिका–९ छिपिधारा टोल बस्ने २४ वर्षीय टंक विश्वकर्मा र धनकुटा छथर जोरपाटी गाउँपालिका–२ बस्ने २२ वर्षीय खेम राना मगर रहेका छन् ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले मिर्चैयाबाट रूपनीतर्फ जाँदै गरेको ना.५ ख ३२०९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा चालक बस्ने क्याबिन पछाडि फल्स बटम बनाई ३१ वटा बोरामा लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक टंक र सहचालक खेमलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया