रविन्द्र यादव, पश्चिम नवलपरासी । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्र भएको लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट जनता प्रगतिशील पार्टी नेपालका तर्फबाट पुर्वमन्त्री एवं उक्त पार्टीका राष्ट्रिय अध्यक्ष हृदयेश त्रिपाठीको नाम सिफारिस भएको छ ।
जनता प्रगतिशील पार्टी नेपाल क्षेत्रीय कार्य समिति निर्वाचन क्षेत्र नम्बर १ को बैठकको निर्णय अनुसार पुर्वमन्त्री एवं राष्ट्रिय अध्यक्ष त्रिपाठीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको पार्टीका जिल्ला संयोजक राधेरमण पाण्डेले जानकारी दिए ।
यसअघि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पाटी (लोसपा), हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा) र वृषेशचन्द्र लाल नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच पार्टी एकताको सहमति भएको थियोे ।
तपाईको प्रतिक्रिया