लोसपा अध्यक्ष ठाकुरसँग उज्यालो नेपालका नेताहरुबीच भेटवार्ता

समाचार

काठमाडौं । उज्यालो नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष अनुप उपाध्यायसहितको टोलीले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर भेटघाट गरेको छ ।

लोसपा नेपालको केन्द्रीय कार्यालय बबरमहलमा भएको भेटघाटमा समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय मुद्दा, आपसी सहकार्य, तथा आगामी दिनमा लोकतान्त्रिक मूल्य, सुशासन र राष्ट्रिय हितका विषयमा सहकार्य गर्ने विषयमा गम्भीर छलफल भएको बताइएको छ ।

दुवै पक्षले आपसी समझदारी र सहकार्यलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ