‘मधेशी दलहरु समयमै एकजुट हुन नसके प्राप्त उपलब्धिहरु जोखिममा पर्छ’

समाचार

जनकपुरधाम । नेपालको वर्तमान राजनीतिक अवस्थाबीच मधेशी दलहरूको एकताबारे दबाब बढ्दै गएको छ । मधेश आन्दोलनसँग जोडिएका नागरिक समाज, बुद्धिजीवी र युवाहरूले मधेशी नेतृत्वलाई आपसी मतभेद त्यागेर एक साझा मञ्चमा आउन आग्रह गरेका छन् ।

नेता उमेश कुमार मण्डलका अनुसार नागरिकता, समावेशी प्रतिनिधित्व, प्रादेशिक अधिकार र समान विकासजस्ता मधेशका मूल मुद्दा राजनीतिक विभाजनका कारण प्रभावकारी रूपमा अगाडि बढ्न सकेका छैनन्। संसद र सरकारमा सहभागिता हुँदाहुँदै पनि मधेसी दल निर्णायक भूमिका खेल्न असफल देखिएका छन् ।

मधेश जनआन्दोलनले जन्माएको एकता र संघर्षको भावना कमजोर बन्दै गएको छ । विभाजित मधेशी नेतृत्वका कारण राष्ट्रिय राजनीतिमा मधेशको आवाज अपेक्षाकृत कमजोर भएको छ ।

मधेश क्षेत्रमा यदि समयमै मधेशी दलहरू एकजुट हुन नसके आन्दोलनबाट प्राप्त उपलब्धिहरू नै जोखिममा पर्न सक्ने चर्चा तीव्र बनेको छ । साझा एजेन्डा र संयुक्त नेतृत्व बिना मधेशका अधिकार सुरक्षित हुन नसक्ने जनधारणा बढ्दो छ ।

वर्तमान राजनीतिक अस्थिरताको अवस्थामा मधेसी दलहरूको एकतालाई क्षेत्रीय मात्र नभई राष्ट्रिय आवश्यकता रूपमा हेरिन थालेको छ । अब आउने दिनहरूले मधेशी नेतृत्वले यस चुनौतीलाई अवसरमा बदल्न सक्छ कि सक्दैन भन्ने तय गर्नेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ