काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (IOE), पुल्चोक क्याम्पसमा रहेको ICTC भवनको प्रयोगबारे अनुसन्धान सुरु गरेको छ।
पुल्चोक क्याम्पसमा रहेको सूचना तथा सञ्चार प्रविधि केन्द्र (ICTC) भवन कोरियाली सरकारको सहयोगमा निर्माण गरिएको हो। यो भवन नेपाली इन्जिनियरिङ विद्यार्थीहरूको अध्ययन, प्रयोगशाला र शैक्षिक प्रयोजनका लागि प्रयोग गर्ने उद्देश्यले सहयोग प्राप्त भएको बताइएको छ।
CIAA का अनुसार उक्त भवन तथा पूर्वाधारलाई शैक्षिक प्रयोजनभन्दा बाहिर व्यावसायिक तथा व्यापारिक गतिविधिमा प्रयोग गरिएको आशंका गरिएको छ। साथै, सम्बन्धित अधिकारीहरूले आर्थिक दुरुपयोग गरेको हुन सक्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।
अख्तियारले भवनको व्यवस्थापन, प्रयोग र आर्थिक विवरणसम्बन्धी कागजात संकलन गरिरहेको जनाएको छ। यस विषयमा क्याम्पस प्रशासनले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
अनुसन्धान अघि बढेसँगै थप विवरण सार्वजनिक हुने बताइएको छ।
तपाईको प्रतिक्रिया