लागूऔषधसहित एक जना पक्राउ

समाचार

राकेश यादव, रौतहट । जिल्लाको गौर नगरपालिका वडा नम्बर २ गौर भन्सार कार्यालय नजिकबाट सशस्त्र प्रहरीको टोलीले ठूलो मात्रामा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

सीमावर्ती बजार भारतको बैरगनियाबाट नेपाली नम्बरको ऑटो ईरिक्सामा लुकाएर नेपालमा ल्याउँदै गरेको अवस्थामा भन्सार कार्यालय नजिक खटिएका सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा उक्त परिणाम बराबरको लागूऔषध फेला पारेको हो ।

मधेश प्रदेश ०३ ००३ ह १११० नम्बरको अटो जिल्ला रौतहट, गौर न.पा. २ भन्सार बेरियरमा शंका लागी चेकजाँच गर्दा सवारी चालकको सिटमुनि एक सानो कार्टुनभित्र कालो रंगको ३ वटा अलग–अलग प्लाष्टिकको झोलामा पोका पारी लुकाई छुपाई ल्याउँदै गरेको अवस्थामा डायजेपाम इन्जेक्शन एप २ एमएल –१०० पिस¸ प्रोमेथाजÞीने हाइड्रोक्लोराइड इन्जेक्शन २ एमएल –१०० पिस¸ बुप्रेनोरफिने इंजेक्शन इप २ एम् एल –१०० पिस र गाँजा जस्तो देखिने वस्तु – अं. ५ ग्राम फेला परेको सशस्त्र प्रहरी बल नेपाल नंबर ११ गण हेडक्वाटर रौतहटले जनाएको छ ।

लागूऔषधसहित पक्राउ परेका अटो चालक जिल्ला रौतहट राजदेवी न.पा.–७ मुडवालबा बस्ने भागरित पण्डितको छोरा अं. वर्ष २० को मोहन पण्डितलाई निजको साथमा रहेको नेपाली रुपैया रु. ४९०¸ भारतिय रुपैया भा.रु. १००¸ एण्ड्रोएड मोबाईल १ थान र अटोसहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ