राकेश यादव, रौतहट । जिल्लाको गौर नगरपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को लागि सञ्चालन गरिएको सबै खाता बन्द भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले नगरपालिकाका बैशाख ९ गतेको पत्रले खोलेका खाता शुक्रबार बन्द गरेको हो । नगरपालिकामा सातौं तहको लेखा अधिकृत हुँदाहुँदै छैठौ तहका लेखापाल सोहैल अन्सारी र नयाँ प्रमुख प्रशसकीय अधिकृतको रुपमा हाजिर भएका उपसचिव विष्णु प्रसाद पौडेलको संयुक्त हस्ताक्षरबाट सञ्चालन गरिएको खाता शुक्रबार बन्द गरिएको हो ।
पटक–पटक विवादमा पर्दै आएका कोष लेखा प्रमुख देवी प्रसाद गौतमको निर्देशनमा नियम विपरीत सञ्चालन गरिएको खाता बन्द गरिनु पर्छ भनी नगरपालिकामा कार्यरत लेखा अधिकृत सोहन यादवले लिखित रुपमा निवेदन दिएपछि निमित्त कोष नियन्त्रक प्रमुख धर्मेन्द्र राय यादवले अर्को व्यवस्था नभएसम्मका लागि खाता बन्द गरिदिन राष्ट्रिय वाणिज्य बैंक गौर शाखाको नाउँमा पत्राचार गरेको लेखा अधिकृत यादवले जानकारी दिएका छन् ।
नियमअनुसार सिनियर सातौं अधिकृत हुँदा छैठौं तहको कर्मचारीको नाउँमा आर्थिक कारोबार गर्न नमिल्ने बताउँदै यादवले कोष नियन्त्रक गौतमले कानूनविपरीत गएर आर्थिक प्रलोभनमा परी यस्तो कार्य गरेको आरोप समेत लगाए ।
अवकाश जान लागेका गौतमले आर्थिक लोभमा परेर स्थानीय तहमा आफ्नो खÞुशी खाता सञ्चालन गर्ने गरेको आक्रोश पोखे । लेखा अधिकृत यादवले भने लिखित रुपमा निवेदन दिँदा पनि प्रमुख गौतमले छैठौ तहका कर्मचारीको नाउँमा खाता सञ्चालन गर्ने आदेश दिएका छन् ।
गौर नगरपालिकाका नगर प्रमुख राजनीतिक प्रतिशोधको भावना लिएर अधिकृत यादवलाई दमन शोषण गर्ने कार्य गर्दै आएका छन् । हाजिरी गर्ने अधिकार दिएपनि आर्थिक कारोबार गर्नबाट वञ्चित गरी आदेश पालकको रुपमा रहेका अन्सारीलाई आर्थिक कारोबारको जिम्मेवारी दिएको आरोप उनको रहेको छ ।
कानूनसँग मिल्ने अधिकार लिएर नै छोड्ने अधिकृत यादवको अडान रहेको छ ।
तपाईको प्रतिक्रिया