रेष्टुराँ खरिद प्रकरणमा सेफ सन्तोष साह अनुसन्धानको घेरामा

समाचार

काठमाडौँ । चेक अनादर तथा ठगीसम्बन्धी मुद्दामा सेफ सन्तोष साह पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला अदालत काठमाडौँको अनुमति लिएर साहलाई महोत्तरीबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई आज काठमाडौँ ल्याइएको कार्यालयले जनाएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सरतकुमार थापाक्षेत्रीका अनुसार गैरीधारास्थित एक रेष्टुराँ खरिदको क्रममा चेक अनादर तथा ठगी भएको आरोपमा साहविरुद्ध अनुसन्धान अघि बढाइएको छ।

उनका अनुसार अदालतको अनुमति प्राप्त भएपछि साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि काठमाडौँ ल्याइएको हो।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ