आतंकवाद विरुद्ध राजपाका भ्रातृ संगठनद्वारा प्रदर्शन

राजनीति

2/26/2019

वीरगन्ज, १४ फागुन । भारतको पुलवामा बमकाण्ड विरुद्धमा राष्ट्रिय जनता पार्टी नेपालका भ्रातृ संगठनहरुले विशाल विरोध प्रदर्शन गरेका छन् ।

वीरगन्जमा मंगलबार राजपानिकट राष्ट्रिय विद्यार्थी संघ पर्सा र राष्ट्रिय युवा संघ पर्साले संयुक्तरुपमा आतंकवाद विरुद्ध प्रदर्शन गरेका छन् ।

‘आतंकवाद विरूद्धको लडाइँमा भारत हामी तिम्रो साथमा छौं’ भन्ने मूल नाराका साथ राजपा नेपालका भ्रातृ संघहरुले विशाल शान्तिपूर्ण मोटरसाइकल रैलीमा राजपा नेपाल केन्द्रीय नेताहरुको समेत उपस्थिति रहेको थियो ।

राजपाका महासचिव राजेश मान सिंह, जिल्ला अध्यक्ष प्रेम बाबू पटेल, जिल्ला सचिव उमेश लाल सहनी, केन्द्रीय सदस्य मिनु ठाकुर, बरकतुल नेसा, परमानन्द चौधरी, डा.कमरूल अंसारी महिला नेतृ राधिका देवी, संगीता दास लगायत हजारौंका संख्यामा नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ