कोहलपुर–१४ मा जनमत पार्टीको वडा कमिटी गठन

राजनीति

6/15/2019

नेपालगन्ज, ३२ जेठ । कोहलपुर–१४ मा जनमत पार्टीको वडा कमिटी गठन भएको छ ।

शनिबार जनमतका केन्द्रीय सदस्य इरफान अहमद शेष तथा कैलालीबाट पार्टीका केन्द्रीय सदस्य महेन्द्र प्रसाद थारुको प्रमुख आतिथ्यमा उक्त समिति गठन गरिएको बाँकेका पार्टीका नेता मो.हुशेन शाहले जानकारी दिएका छन् ।

कार्यक्रमको अध्यक्षता राम किशुन बर्माले गरेका थिए भने कार्यक्रममा पार्टी गठनको उद्देश्यको बारेमा नेता मो.हुशेन शाहले गराएका थिए ।

पार्टीको बिस्तृत जानकारी महेन्द्र प्रसाद थारुले गराएका थिए । कार्यक्रमलाई अगाडी बढाउँदै केन्द्रीय नेता इरफान शेषले पार्टीको उद्देश्य, लक्ष्य, रणनीति तथा आगामी दिनमा संगठन कसरी मजबुत बनाउने त्यसबारेमा प्रकाश पारेका थिए ।

नेता शेषले उक्त कार्यक्रम सम्बोधन गर्ने क्रममा स्थानीय निकायको यस वर्षको बजेट बाँडफाँटमा पनि मधेशी बेल्ट भएको स्थानीय निकायको बजेटमा विभेद गरिएको बारेमा आक्रोष पोखेका छन् ।

वडा कमिटि तीन संयोजक, सचिव सहित २१ सदस्यीय कमिटि गरिएको जानकारी जनमत बाँकेका नेता मो.हुशेन शाहले गराएका छन् ।

कार्यक्रम जिल्लाका अन्य स्वराजीहरु पनि सहभागी थिए । जसमा मुख्यतः जनमत विद्यार्थी संघ बाँकेका संयोजक रियाज अंसारी, सचिव बिष्णु तमोली, चाँद अंसारी, फैय्याज अंसारी, हरपाल सिंह, बिष्णु यादव लगायत अन्य स्वराजीहरु उपस्थित भएका थिए ।

वडा कमिटीका संयोजकहरु तिरथ खटिक, बिष्णु खटिक र शन्त कुमार खटिक, सचिव राम किशुन खटिक रहेका छन् ।

यसैगरी, सदस्यहरु हरिहर खटिक, छेदन खटिक, अशोक कुमार खटिक, खेमराज खटिक, छबिले खटिक, राजेश खटिक, लच्छु खटिक, जिलेदार खटिक, राज कुमार खटिक, राम निवास खटिक, केशव खटिक, तिलकराम खटिक, राम बहादुर खटिक, राम बरण खटिक,संजय तमोली, पिन्टु खटिक र कांग्रेस खटिक रहेका छन् ।

कार्यक्रमको अन्तमा पार्टीको सपथ ग्रहण गराउनेका काम केन्द्रीय सदस्य इरफान शेषले गराएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ