मणि प्रसाद गैेह्रे, कपिलवस्तु ३० जेठ । शुद्धोधन गाउँपालिकाका अध्यक्ष निशार अहमद खाँले विकास निर्माणको काममा पारदर्शिताको लागि जनता नै सजक बन्नुपर्ने बताए ।
उनले गाउँपालिकाको विकास निर्माणमा जसले बढि श्रमदान गर्दछ, त्यहाँ बढि विकास हुने बताए । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको प्राविधिक सहयोग तथा शुद्धोधन गाउँपालिकाको आयोजनामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
वडा नम्बर २ भुसुडिमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष खाँले गुणस्तरीय कामका लागि जनताले खवरदारी गर्न आग्रह समेत गरे । गाउँपालिकाका केही बाटोघाटो र पूर्वाधार विकासमा कमसल काम भइरहेको भन्ने बारे नागरिकले सोधेको प्रश्नमा जवाफ दिदै अध्यक्ष खाँले गुणस्तरहीन काम भए तत्काल बन्द गर्ने बताउँदै आफुले त्यसको अनुगमन गरिरहेको जानकारी दिए ।
गुणस्तरहीन काममा जनालाई खवरदारी गर्न गाउँपालिका अध्यक्ष खाँको आग्रह गर्दै योजना अनुसार काम नभए भुक्तानी पनि रोकिने जानकारी दिए ।
तपाईको प्रतिक्रिया