काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको बताएका छन् ।
हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्र मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले भूमि मिचिएकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको बताए ।
शनिबार एक कार्यक्रममा उनले भने, ‘आफ्नो राष्ट्रको भूभाग संरक्षण गर्दै सरकारले सुरक्षा दिन सक्ने कि नसक्ने जस्तो भान जनतालाई भइरहेको छ । यो दुर्भाग्य हो ।’ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले सरकारको परराष्ट्र नीति असन्तुलित देखिएको बताए ।
तपाईको प्रतिक्रिया