जनकपुरधाम, १२ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मधेश आन्दोलनका दुईजना गम्भीर घाइतेहरुलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
मधेश आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने प्रदेश सरकारको निर्णयअनुरुप मुख्यमन्त्री राउतले दुबै घाइतेलाई चेक हस्तान्तरण गरेका हुन् ।
मुख्यमन्त्री कार्यालय मधेश भवनमा आयोजित चेक हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश आन्दोलनका घाइते महोत्तरीका शंकर पासवानलाई दुई लाख र रौतहटका रणविरकुमार सिंह राजपुतलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।
प्रदेश सरकारले अहिलेसम्म १३ जना घाइतेलाई चेक हस्तान्तरण गरिसकेको छ । प्रदेश सरकारले मधेश आन्दोलनका घाइतेहरुलाई अवस्था हेरी ५० हजार देखी ३ लाख सम्म उपलब्ध गराउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया