काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकारका लागि बलिदानी गर्नुपर्ने समय सकिएको बताएका छन् ।
सहिद ऋषि देवकोटा ‘आजात’ को ३८ औं स्मृति दिवशमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले अब क्रान्तिकारीहरुले समाज परिवर्तनका लागि ज्यान दिएकै कारण संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएकोले यसलाई मजवुद बनाउन सबैजना लाग्नु पर्ने बताए ।
“राजनीतिक अधिकार प्राप्ती मात्र पूर्ण लोकतन्त्र होइन । राजनीतिक अधिकारसँगै जनताका आधारभुत आवश्यकता पुरा भएको हुनु पर्दछ । त्यो मात्र पूर्ण लोकतन्त्र हो । सरकार त्यही पूर्ण लोकतन्त्रको अनुभुती जनतालाई गराउन लागि परेको छ” प्रधानमन्त्री ओलीले भने ।
तपाईको प्रतिक्रिया