राष्ट्रिय विद्यार्थी संघको आक्रोशपूर्ण विज्ञप्ति, सर्वत्र आलोचना

राजनीति

4/22/2019

काठमाडौं, ९ बैशाख । राष्ट्रिय विद्यार्थी संघले समाचारलाई आधार बनाई आक्रोशपूर्ण विज्ञप्ति जारी गरेको छ ।

टुडेखबरमा प्रकाशित समाचारप्रति आक्रोश व्यक्त गर्दै विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा प्रयोग गरिएका भाषाप्रति सर्वत्र आलोचना भएको हो ।

सो विज्ञप्तिमा अमर्यादित र धम्कीपूर्ण भाषा भएको भन्दै सञ्चारकर्मीहरुले दुःखसमेत व्यक्त गरेका छन् ।

टुडेखबर डटकमले प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले व्यापक अनियमितता गरेको र आफ्ना एजेन्टहरु खटाएको भन्दै समाचार प्रकाशित गरेको थियो ।

सो समाचारको विरोधमा विद्यार्थी संघले विज्ञप्ति जारी गरी बिना कुनै आधार र तथ्यहीन, भ्रामक समाचार प्रकाशन गरेको आरोप लगाएको छ । पत्रकारिताको आडमा ब्लेकमेलिङ्ग गरेको आरोप विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विद्यार्थी संघका केन्द्रीय अध्यक्ष मनिष मिश्रको नाम जोडेर समाचार प्रकाशित गरेको भन्दै विरोध जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ