लोकतन्त्र बदनाम हुने काम कसैले गर्नुहुँदैन : प्रम ओली

राजनीति

6/20/2019

काठमाडौं, ५ असार । प्रधानमन्त्री केपीशर्मा ओलीले लोकतन्त्रलाई बदनाम हुने काम कसैले गर्न नहुने बताएका छन् ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले लोकतन्त्रको थिती बसाएर जनतामा लोकतन्त्रप्रतिको सम्मान जगाउनु पर्ने पनि बताए । “हामीले जनताका अधिकारको रक्षा गरेर लोकतन्त्रलाई सुदृढ बनाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने – “निष्पक्षता, स्वच्छता र पारदर्शीतालाई हाम्रो मुख्य लक्ष्य बनाउनुपर्दछ ।”

प्रधानमन्त्री ओलीले सरकारलाई विभिन्न ठाउँबाट असहयोग भइरहेको बताएका छन् । “सरकारलाई असहयोग गर्ने, सरकार बेठिक रहेछ भन्ने बनाउने र जनतामा निराशा छर्ने काम भइरहेको छ ” प्रधानमन्त्री ओलीले भने “राजनीतिक क्षेत्रमा त यस्तो हुन्छ तर सरकारी निकायबाट पनि यस्तो काम भएको जानकारी छ । ती कुराहरुमा सजग हुनु जरुरी छ ।”

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ