काठमाडौं, २३ फागुन । टीकापुर घटनाको प्रतिवादीको रुपमा सजाय काटिसकेपछि रिहा भएका राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मण थारुलाई स्वागत गरिएको छ ।
राजपा अध्यक्षमण्डलका नेता महन्थ ठाकुरले बिहीबार नेता थारुलाई बबरमहलस्थित राजपाको केन्द्रीय कार्यालयमा स्वागत गरेका हुन् ।
ठाकुरले नेता थारुलाई स्वागत गर्दै सांसद रेशमलाल चौधरीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको प्रति दुःखसमेत व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया