समाजवादी युवा विधार्थीद्वारा गृह मन्त्रालयलाई ज्ञापन

राजनीति

5/16/2019

वीरगन्ज, २ जेठ । सत्तारुढ दल समाजवादी पार्टी नेपालको भ्रातृ संगठन समाजवादी बिद्यार्थी फोरम र समाजवादी युवा फोरमले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरु माथी लगाइएको झुठा मुद्दा खारेजीको माग गर्दै प्रमुख जिल्ल अधिकारी मार्फत गृह मान्त्रालयलाई ज्ञपानपत्र बुझाएको छ ।

जिल्ला अध्यक्ष एजाजबाबु राकी तथा जिल्ला ईन्चार्ज प्रकाश शर्माले प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै पार्टीका नेता तथा कार्यकर्ता माथी लगाएको झुठो मुद्दा खारेज नगरे आफूहरु चरणबद्ध आन्दोलनको घोषणा गर्ने जनाएको छ ।

पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्वास्थयमन्त्री उपेन्द्र यादवलाई एभिन्युजले ईन्टरभ्युको बहानामा गरेको व्यवहार अमर्यादित, अपमानजनक तथा पत्रकार अंचारसहिता विपरीत रहेको पार्टीकोे ठहर रहेको ज्ञपानपत्रमा उल्लेख गरिएको छ ।

अभद्र व्यवाहर गर्ने पत्रकार सुशील पाण्डेलाई कारवाहीको माग समेत गरिएको छ । प्रेस स्वतन्त्रताको पक्षमा रहदै आएका पार्टी अध्यक्ष यादवलाई दुरव्यवहार गर्ने पत्रकारलाई कारवाही तथा पर्सा संगठनका केही नेताहरु माथी लगाएको झुठो मुद्दा अबिलम्ब खारेजीको माग गरेको छ ।

सोही विषयलाई लिएर एभिन्युज बीरगजमा भएको तोडफोडको घटनालाई निन्दनीय बताउँदै दोषी पत्ता लगाई कारवाहीको माग समेत गरेको छ ।

ज्ञापन पत्र बुझाउने क्रममा केन्द्रीय सदस्य जनार्दन यादव, कार्यबाहक अध्यक्ष सुन्दर कुर्मी, जिल्ला सहईन्चर्ज रामनरेश यादव, केन्द्रीय सदस्य पुरुषोतम झा, प्रदेश सदस्य शशीकपुर मियाँ, नेता सिपु तिवारी र तबरेज अहमद लगायत युवा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ