काठमाडौं, ७ जेठ । संजय कुमार गुप्ता “कौटिल्य” नेतृत्वको सशस्त्र भूमिगत समूह संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
मोर्चाका वैचारिक संरक्षक कौटिल्यले सोमबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत् प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
ध्यानाकर्षणपत्रमा उनले आफूहरुसँग नेपाल सरकारको वार्ता टोलीले पटक–पटक वार्ता गरी सहमति गरे पनि अहिलेसम्म सरकारको तर्फबाट सहमति पालना नभएको गुनासो गरेका छन् ।
उनले सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित ‘राजनीतिक वार्ता टोली–२०७५’ले समेत वार्ता गरी सहमति गरेको र सो टोलीले प्रतिवेदन बुझाएको महिनौं बितिसक्दासमेत सहमति कार्यान्वयन भएको जनाएका छन् ।
सहमति गर्नु तर सरकारले नै त्यसको उल्लंघन गर्नु गैरराजनीति सोच भएको उनले आरोप लगाएका छन् । वार्ता र सहमति पालना गराउन प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
तपाईको प्रतिक्रिया