लोसपाका प्रभावशाली नेता राजेशमान एमालेमा प्रवेश

राजनीति

वीरगन्ज, माघ २८ । । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का नेता राजेशमान सिंह नेकपा एमालेमा प्रवेश गरेका छन् । वीरगन्जमा शुक्रबार पत्रकार सम्मेलन गरेर नेता सिंहले लोसपा परित्याग गरी एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको नगर प्रमुखमा सिंह तत्कालीन राजपाबाट चुनाव लडेका थिए । सिंह यसअघि तत्कालीन राजपाको महासचिव पदको जिम्मेवारी निर्वाह गरिसकेका थिए ।
पत्रकार सम्मेलनमा नेता सिंहले मधेशी दलका नेताहरुले मधेशका मुद्दा र मधेश आन्दोलनलाइ सत्ताको कुर्सीसंग सौदाबाजी गरेकोले आफूले लोसपा परित्याग गरेको बताए । उनले मधेशी दल छाडेपनि आफूले मधेशको मुज्ञा र गन्तव्य भने नछाडेको जिकिर गरे । नेता सिंहसंगै वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार, वडा नम्बर ३२ का वडा अध्यक्ष रियाज मिया ठकुराइ, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति मुकेश द्विवेदी, लोसपाका नेताहरु प्रेमबाबु पटेल, उमेशलाल सहनीलगायत पनि एमालेमा प्रवेश गरेको घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ