जसपाको केन्द्रीय समितिले पारित गर्यो महाधिवेशनसम्बन्धी कार्यतालिका

राजनीति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशनसम्बन्धी कार्यतालिका पारित गरेको छ ।

बैठकले आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म धनुषामा आयोजना हुने पार्टी महाधिवेशनको कार्यतालिका पारित गरेको हो ।

पारित कार्यतालिका अनुसार संगठित पार्टी सदस्यता वितरण तथा नविकरण गर्न फागुन २५ गतेसम्मको समयसीमा तोकेको छ ।

त्यसैगरी संसदीय निर्वाचन क्षेत्रअनुसार संगठित पार्टी सदस्यहरुको अभिलेख तयार गरी जिल्ला समितिले राष्ट्रिय समिति र राष्ट्रिय समितिले प्रदेश समितिमार्फत केन्द्रीय कार्यालयमा चैत्र १० गतेसम्म पठाइसक्नु पर्ने छ ।

यसरी सदस्यता वितरण गर्दा मंसिर ३० गतेसम्म पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टी संगठनमा आवद्ध तथा पार्टी संगठनमा कार्यरत पार्टी सदस्यलाई मात्र संगठित पार्टी सदस्यता प्रदान गर्नुपर्ने निर्णय भएको छ ।

उक्त पार्टी संगठित सदस्यतासम्बन्धी दाबी बिरोध अथवा उजुरी दिने व्यवस्था गरिएको छ त्यसका लागि चैत्र १० गतेसम्मको समयावधि तोकिएको छ ।

संसदीय निर्वाचन क्षेत्रको प्रतिनिधि निर्वाचनका लागि पार्टी केन्द्रीय कार्यालयले निर्वाचन समिति गठन गर्ने छ ।

म्हाधिवेशन प्रतिनिधिहरुको चयन तथा निर्वाचन २०८० चैत्र २० गतेदेखि २०८१ बैशाख २० गतेसम्म गरिसक्नुपर्ने छ । यसरी निर्वाचित महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रीय कार्यालयमा मिति २०८१ बैशाख ३० गतेभित्र पठाइसक्नु पर्ने छ ।

महाधिवेशनसम्बन्धी प्रक्रिया एवम् कार्यविधि केन्द्रीय कार्यकारिणी समितिले तोक्ने तथा केन्द्रीय निर्वाचन समिति गठन गर्ने छ ।
महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरु तयार गर्न निम्नानुसारको मस्यौदा समिति गठन हुने छ ।

१. विश्लेषणात्मक राजनीतिक एवम् सङ्गठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी कार्यदिशासम्बन्धी दस्तावेज

२. पार्टीको नीति तथा कार्यक्रमसम्बन्धी दस्तावेज (सैद्धान्तिक, वैचारिक तथा नीतिगत दस्तावेज)

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ