सप्तरी, १५ भाद्र । वैदिक सँस्कृति समाज सप्तरीले शुक्रबार गौवंश संरक्षण गर,गौ हत्या बन्द गर नारा सहित विरोध प्रदर्शन गरेका छन् ।

नेपालगन्ज, १५ भाद्र । सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गरेपछि सामान ल्याउने व्यक्तिहरुसँग भएको झडपमा परी दुई जना सशस्त्र प्रहरी कर्मचारी र एक जना स्थानीय घाइते भएका छन् ।

पर्सा, १५ भाद्र । पर्सागढी नगरपालिका–१ बडेरुवाबाट अवैध लागूऔषध गाँजा ५ किलो ७ सय १३ ग्रामसहित मकवानपुर सुनाचुरी गाउँपालिका–६ बस्ने ३८ वर्षीय चन्द्रमान प्रजालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रौतहट, १५ भाद्र । पोखरीमा डुबेर जिल्लाको राजदेवी नगरपालिकामा एकको मृत्यु भएको छ ।

कैलाली, १५ भाद्र । खैरो हेरोइन र स्रोत नखुलेको नगदसहित एक युवक पक्राउ परेका छन् ।

मोरङ, १४ भाद्र । केरावारी गाउँपालिका–१० स्थित सडकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

सुनसरी, १४ भाद्र । ईटहरी उपमहानगरपालिका–२ बशन्तटोल बस्ने ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

कैलाली, १४ भाद्र । लम्कीचुहा नगरपालिका–१ भुरूवाबाट विभिन्न हातहतियारसहित चार जना पक्राउ परेका छन् ।

काठमाडौं, १४ भाद्र । रौतहटको मौलापुर नगरपालिका प्रमुख रिना साहले जिल्लामा लालबकैयाको कटान एवं क्षतिको बारेमा ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतलाई ध्यानाकर्षण गराएकी छन् ।

काठमाडौं, १४ भाद्र । कृषि मन्त्रालय अन्तर्गत गठित पनामा रोगको नयाँ प्रजाति टिआर ४ को जोखिम विश्लेषण एवं सर्भेक्षण कार्यदलले आफ्नो प्रतिवेदन कृषि तथा पशुपञ्छी विकास मञ्त्री डा. वेदुराम भुसालसमक्ष आज पेश गरेको छ ।

काठमाडौं, १४ भाद्र । रक्षा बंधनको उपलक्षयमा राष्ट्रिय एकता अभियानले काठमांड़ौ को शांतिनगर तिनकुने स्थित जेस्ट नागरिक आवास गृहका बृद्ध आमा बुवाहरुसंग रक्षा सूत्र बांधेर रक्षा बंधन उत्सव मनाएको छ।

काठमाडौं, १४ भाद्र । भारत तथा मित्र राष्ट्र जर्मनी, बंगलादेश, श्रीलंका, साउदी अरब, बेलायत र ओमानका निजामती सेवा तथा रक्षा बलका १६ वरिष्ठ अधिकारी सम्मिलित राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६३ औं कोर्षको एक प्रतिनिधिमण्डलले भाद्र १० देखि १४ गतेसम्म नेपालको भ्रमण गरेको छ ।

कपिलवस्तु । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अन्य भ्रष्टाचारका फाइलहरु पनि खोल्नुपर्ने बताएका छन् ।

काठमाडौं, १३ भाद्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका छन् ।

ललितपुर, १३ भाद्र । साढे दुई दशक भन्दा बढी समयदेखि निजी क्षेत्रको हितका लागि क्रियाशील रवीन्द्रराज ताम्रकारले ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

काठमाडौं, १३ भाद्र । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशको हितमा हुने बैदेशिक लगानी लिनका राज्यले कन्जुस्याँइ गर्न नहुने धारणा राखेका छन् ।

काठमाडौं, १३ भाद्र । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी विधानको धारा १३७ बमोजिम एक व्यक्ति एक समितिको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरी सबैलाई जिम्मेवारी व्यवस्थापन गरिने बताएका छन् ।

काठमाडौं, १२ भाद्र । इन्जिनियरिङ संस्थाले गरेको चर्को शुल्क वृद्धि विरुद्ध विद्यार्थीहरुको अनसनमा प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसकी नेता चन्दा चौधरीले ऐक्यबद्धता जनाएकी छन् ।

रुपन्देही, १२ भाद्र । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अबको बाटो समाजवादी गणतन्त्र भएकाले यसका लागि बलियो शक्ति आवश्यक रहेको बताएका छन् ।

कैलाली, १२ भाद्र । पनामा रोगको नयाँ प्रजाति टिआर ४ बाट केरा खेती जोगाउन कैलालीको टीकापुरमा सरोकारवालाबीच बिस्तृत छलफल भएको छ ।

मोरङ, १२ भाद्र । उर्लाबारी नगरपालिका–४ स्थित सडकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

काठमाडौं, १२ भाद्र । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् ।

काठमाडौं, १२ भाद्र । चर्चित युवा व्यक्तित्व चन्द्र भुषण साहद्धारा लिखित ‘नेपालको राजनीति दशा र दिशा’ नामक पुस्तकको सोमबार विमोचन गरिएको छ ।

काठमाडौं, १२ भाद्र । प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधनप्रति मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

जनकपुरधाम, १२ भाद्र । प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको ७८ वर्षको उमेरमा निधन भएको छ ।

ट्रेन्डिङ