गाँजासहित एक जना पक्राउ

समाचार

पर्सा, १५ भाद्र । पर्सागढी नगरपालिका–१ बडेरुवाबाट अवैध लागूऔषध गाँजा ५ किलो ७ सय १३ ग्रामसहित मकवानपुर सुनाचुरी गाउँपालिका–६ बस्ने ३८ वर्षीय चन्द्रमान प्रजालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट मानवाबाट खटिएको प्रहरीले जितपुरबाट मनवातर्फ आउँदै गरेको प्रदेश नं.–२–०३–००१ ह २७२ नम्बरको अटो रिक्सालाई जाँच गर्ने क्रममा उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ