रुपन्देही, २४ चैत । बारा र पर्साका हावाहुरी प्रभावितलाई प्रदेश नं. ५ का प्रदेशसभा सदस्यहरुले एक दिनको तलब दिने निर्णय गरेका छन् ।
घरमा सँगै बस्दा गर्भ बोकाउने लोग्नेले सम्बन्ध विच्छेद मुद्दा हाल्यो र ससुरा रामपुकार यादव, सासु जयलस देवी, ननद रविता यादवले मरणासन्न हुने गरी कुटपिट गरे । गर्भपतन गराउन दबाब पनि दिए उनीहरुले पाठेघरमा प्रहार पनि गरे ।
काठमाडौं, २४ चैत । बुद्ध जन्मस्थलमा २० लाखभन्दा बढी पर्यटक भित्रयाउने लक्ष्यसहित प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्षको तयारीलाई तीव्रता दिएको छ ।
काठमाडौं, २४ चैत । बारा र पर्साका हुरी प्रभावितहरुका लागि कर्णाली प्रदेश सरकारले एक करोड उपलब्ध गराउने निर्णय गरेको छ ।
वीरगन्ज, २४ चैत । बारा र पर्साका हुरी प्रभावितहरुका लागि अस्थायी टहरा निर्माणमा नेपाली सेना जुटेको छ ।
रौतहट, २३ चैत । रौतहटको विभिन्न स्थानबाट विभिन्न प्रलोभनमा अवैध रुपमा बालबालिकाहरुको तस्करी रोकिएको छैन । हालै मात्र ग्रामीण विकास केन्द्र नेपालले भारतको दरभंगाबाट २ बालकलाई उद्धार गरि उनीहरुलाई अभिभावकको जिम्मा लगाएको छ ।
वीरगंज, २३ चैत । लायन्स क्लव अफ सिद्धार्थनगर युथले विनाशकारी हावा हुरीबाट प्रभावित ९६ परिवारलाई राहत स्वरुप त्रिपाल प्रदान गरेको छ ।
महोत्तरी, २३ चैत । जलेश्वर नगरपालिका–२ महेन्द्रचौक नजिक सुरेन्द्र साहको पशुपति छापाखानामा बिद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा फ्लेक्श प्रिन्टको मेसिन, कागजपत्र लगायत स्टेशनरीको
झापा, २३ चैत । मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी बस्ने ४० वर्षीय प्रकाश राउतको चट्याङ लागेर शनिबार बिहान मृत्यु भएको छ ।
पर्सा, २३ चैत । बहुदरमाई नगरपालिका–२ बैरियास्थित भित्री सडकमा अनटेष्ट लेखिएको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउसो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सिसियारी
नवलपरासी (पूर्व), २३ चैत । हुप्सेकोट गाउँपालिका–२ गोहेरीगाउँ बस्ने ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी(पूर्व) कावासोती नगरपालिका–१६ डण्डामा कवाडी
वीरगंज, २३ चैत । प्रदेश नम्बर २ का मुख्यमन्त्री मो.लालबाबु राउत तथा संघीय सांसद प्रदिप यादवले गएको आइतबार आएको बिनाशकारी हावाहुरीबाट गम्भीर घाइते भएकाहरूको अवस्थाबारे निरन्तर जानकारी लिने क्रम जारी राखेका छन् ।
कपिलवस्तु, २२ चैत । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको छ ।
वीरगंज, २२ चैत । हावाहुरीबाट प्रभावित बारा जिल्लाको भरवलिया र पुरैनियामा एल.एस.न्यूरो एण्ड जेनरल हस्पिटल वीरगन्जद्वारा राहत वितरण गरिएको छ । साथै पुरैनियामा स्वास्थ्य शिविर समेत संचालन गरेको छ ।
कपिलवस्तु, २२ चैत । १८ गतेदेखि सुरु भएको छैठौ प्राचीन कपिलवस्तु महोत्सवमा विराट दंगलप्रति दर्शकहरुको आकर्षण बढेको छ । नेपाल तथा भारतबाट आएका कुस्तीमा सहभागीहरुको खेल हेर्नका लागि भिड लागेको छ ।
बारा, २२ चैत । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको नेतृत्वमा आएको टोलीले बिहीबार बाराको हावाहुरी प्रभावित विभिन्न क्षेत्रहरुमा स्थलगत अवलोकन तथा स्थानीयसँग अन्तरक्रिया गरेको छ ।
वीरगंज, २२ चैत । सृजनशील युवाहरुको संस्था संस्कृतिले चौथो दिन पनि हावाहुरीबाट प्रभावित पर्सा र बाराका गाउँहरुमा राहत वितरणको कार्य जारी राखेको छ ।
वीरगंज, २१ चैत । हावाहुरीको विपतिबाट प्रभावित भएकाहरुलाई लायन्स क्लब इन्टरनेशनलले राहत सामग्री वितरण गरेको छ ।
वीरगंज, २१ चैत । बाराका हावाहुरीबाट प्रभावित क्षेत्रहरुका पीडितहरुलाई मधेशी एसोसिएसन इन अमेरिका (मा) ले राहत वितरण गरेको छ ।
बारा, २१ चैत । भीषण हावाहुरीबाट पीडित बारा जिल्लाको फेटा गाँउपालिकास्थित विभिन्न ठाउँका पीडित परिवारलाई तत्काल बस्ने व्यवस्थाका लागि एपीएफ टोलीले त्यस ठाउँमा २ सय ९९ वटा टेण्ट लगाउनुका साथै १ सय ६८ वटा त्रिपाल बितरण गरेको छ ।
नवलपरासी, २१ चैत । सुनवल नगरपालिका–१० गैडाखाल बस्ने कर्णबहादुर थापाको ईट्टा,माटोले बनेको पुरानो घरको गारो भत्काउने क्रममा सोही स्थान बस्ने रमाकान्त अधिकारीकी ४ वर्षीया छोरी नबिना अधिकारी र उमा बस्नेतकी ५ वर्षीया छोरी समिक्षा बस्नेतको बिहीबार बिहान मृत्यु भएको छ ।
काठमाडौं, २१ चैत । नेपाल उद्योेग वाणिज्य महासंघ (एफएनसीसीआई) तथा एम/एस फ्रान्चाइजसँगको सहयोगमा काठमाडौंस्थित भारतीय राजदूतावासले २०७६ जेष्ठ १ र २ गते होटल याक एण्ड यतीमा “नेपाल–भारत फ्रान्चाइज लगानी एक्स्पो तथा कन्क्लेव” आयोजना गर्न लागेको छ ।
कैलाली, २१ चैत । धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने पर्शुराम बानियाको ५ वर्षीय छोरा आयुस बानिया र सोही घरमा डेरा गरी बस्ने कैलारी गाउँपालिका कोईलीतालघर भएका छक्क चौधरीको ५ वर्षीया छोरी अनमिकाचौधरीको करेन्ट लागेर बुधबार दिउसो मृत्यु भएको छ ।
बर्दिवास, २१ चैत । महोत्तरी जिल्लाको उत्तरीक्षेत्रमा धमाधम पानीका मुहान सुक्न थालेपछि खानेपानीको संकट बढेको छ ।