पर्सा, १९ चैत । बारा र पर्सामा हावाहुरीका कारण ज्यान गुमाएकाहरुको परिवारजनलाई १० लाख रुपैयाँ तत्काल उपलब्ध गराउन हिन्दू परिषद् नेपालले सरकारसँग माग गरेको छ ।
धनुषा, १९ चैत । जनकपुरधाममा “प्रदेश स्तरीय महिला हिंसा न्यूनिकरण, मानव अधिकारको संरक्षण एवं सुरक्षा नेपाल प्रहरीको जवाफदेहिता” विषयक राष्ट्रिय अभियान कार्यक्रम सम्पन्न भएको छ ।
वीरगञ्ज, १९ चैत । पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हरिनारायण रौनियारले बाराको भलुही भरभलियामा हावाहुरीबाट घरबारविहीन भएका स्थानीय बासिन्दालाई राहत उपलब्ध गराएका छन् ।
वीरगञ्ज, १९ चैत । हावाहुरीबाट सबैभन्दा बढी प्रभावित बाराको फेटा गाउँपालिकाका पीडितहरुलाई पप्पु कन्स्ट्रक्सन र समा कन्स्ट्रक्सनले राहत प्रदान गरेका छन् ।
रौतहट, १९ चैत । प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले आइतबारराति आएको हावाहुरीको कारण बारा, पर्सामा भएको मानवीय क्षति प्रति गहिरो दुःख प्रकट गरेका छन् ।
सिरहा, १९ चैत । सिरहाको मिर्चैयामा संगितमय श्रीराम कथा सुरु भएको छ । मिर्चैया नगरपालिका ५ स्थित आजदेखि श्रीराम कथा ज्ञान यज्ञ सुरु भएको हो ।
बाँके, १९ चैत । बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाहरुको उपचारका लागि बाँकेमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
काठमाडौं, १८ चैत । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता राजेन्द्र महतो हावाहुरी प्रभावित क्षेत्रमा राहत सामग्रीसहित प्रस्थान गरेका छन् ।
महोत्तरी, १८ चैत । महोत्तरीको एकडारा बजारमा आयोजित महावीर झण्डोत्सव दलित र गैरदलितबीचको सेतुको रूपमा लिइएको छ ।
काठमाडौं, १८ चैत । बारा, पर्सा लगायतको क्षेत्रमा हावाहुरीबाट पीडितहरुको राहत कार्यका लागि राष्ट्रिय जनता पार्टी नेपालले पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
जलेश्वर, १८ चैत । बारा र पर्सामा हावाहुरीबाट पीडितहरुका लागि प्रदेश २ कि प्रदेशसभा तथा राष्ट्रिय जनता पार्टी नेपालकी वरिष्ठ उपाध्यक्ष रानी शर्माले रक्तदान गरेकी छन् ।
काठमाडौं, १८ चैत । बारा र पर्सामा हावाहुरीका कारण ज्यान गुमाएकाहरुको परिवारजनलाई १० लाख रुपैयाँ तत्काल उपलब्ध गराउन नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ कमिटीले सरकारसँग माग गरेको छ ।
जनकपुरधाम, १८ चैत । आइतबार वर्षासँगै आएको हावाहुरीबा अति प्रभावित बारा र पर्सा जिल्लामा क्लोथ बैंक धनुषाको राहत टोली पुगेको छ ।
काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारराति आएको भीषण हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
काठमाडौं, १८ चैत । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले बारा, पर्सालगायतका विभिन्न जिल्लामा आइतबार साँझ एक्कासी आएको त्रासदीपूर्ण आँधीबेहरीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
काठमाडौं, १८ चैत । आइतबारराति आएको भीषण आँधीबेरीमा बारा र पर्सा जिल्लामा मृत्यु भएकाहरुप्रति जनमत पार्टीले भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै पीडित परिवारहरुमा समवेदना प्रकट गरेको छ ।
कपिलवस्तु, १८ चैत । कृष्णनगर नगरपालिकाका प्रत्येक वडामा कर्मचारी संयन्त्रलाई चुस्तदुरुस्त बनाउन बायोमेट्रिक हाजिरी मेसिन जडान गरिएको छ ।
कपिलवस्तु, १८ चैत । प्रदेश नम्बर २ मा हावाहुरीले गरेको धनजन क्षतिप्रति दुख व्यक्त गर्दै कृष्णनगर नगर कार्यपालिकाले सबै कार्यपालिका सदस्यहरुको एक दिनको तलब पीडित परिवारलाई दिने निर्णय गरेको छ ।
काठमाडौं, १८ चैत । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीका कारण बारा तथा पर्सा जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति नेपाल परिवार दलले गहिरो दुःख ब्यक्त गरेको छ ।
बर्दिया, १८ चैत । बारबर्दिया नगरपालिका–९ बनगाईस्थित सडकमा भे.८ प ६९६८ नम्बर र बा.९१ प ९३७७ नम्बरका मोटरसाइकल एकआपसमा ठोकिन गई आइतबार बिहान दुर्घटना हुँदा दुवै मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ ।
काठमाडौं, १८ चैत । आइतबार साँझ आएको भिषण हावा हुरीले बारा र पर्सा जिल्लामा भएको धेरै नागरिकहरुको अकल्पनीय मृत्युप्रति गहिरो दुस्ख ब्यक्त गर्दै घटनामा मृत्यु हुने सबै नागरिकमा भावपूर्ण श्रद्धान्जलीका साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गरेको छ ।